किन आमा ?

  • सदिक्षा रेग्मी
  • किन आमा ?

    जब आफ्नो बेथा सुनाउने कोइ नपाइ आशुको भेल बगाउ थिएउ
    त्यतिबेला तिम्रो रुमाल बनी सधैं तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    तिम्रा ती लुरा खुट्टाले शरीरको भार नधान्दा
    दह्रो लठ्ठी बनी सधैं तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    जब बिना कारण बाबाको रिसमा तिमी पिसिन लाग्थेउ
    तिम्रो लागि आवाज उठाइ सधै तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    सधैं तिमी मुख तितो भयो भनी तिमी कराइरहदा
    जिवनको हर तरङ्गलाई चास्नी बनाइ सधै तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    तीजको बेला सबै माइत जादा आमाको यादमा तिमी रोइरहदा
    काखमा राखि मातृआभाष दिलाइ सधै तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    जिवनको हर भार तिमी माथी थपिइरहदा; काध फेर न आमा भनी सधै तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    आफ्नो सपना सबै त्यागे आमा
    तिम्रो सपनालाइ लक्ष्य बनाइ सधै तिमिलाइ आड भए
    तर किन आमा आज म तिमिलाइ ढाँड भए ?

    – समसामयिक विषयमा कलम चलाउने सदिक्षा रेग्मी साझाडबलीको नियमित स्तम्भकार हुन् ।

    लेखकबाट थप पढ्नुहोस् 

    आजाद गर्दै छु !

    म अनि मेरो समाज ! 

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology