थापाटारको अन्तिम हासो …

  • दीपेश बराल
  • धेरै पछि आज पल्टाउन मन लाग्यो त्यो पुरानो डायरी । मनको दराज खोले अनि सबै भन्दा पर कुनामा थन्किएको पुरानो कुनै समयको अति प्रिय डायरी फुत्त लीए। सायद मैले धेरै समयको अन्तराल पछि हो आज यो डायरी पल्टाएको ।

    जब पल्टिँन्छ यो मनको अभ्यस्त डायरी जहाँ, देखिइरहेछन् शब्द भाबमा चुर्लुम्म डुबेका दर्जनभन्दा केही बढी काचा अर्थात् अपरिपक्व पत्र बिन्यासहरु!!

    थोरै हलुकिन्छ मन आभासलाई कोल्टे फर्काउँछु खोलीको सुख्खा बगरमा चपलीका डाम सजाउँदै । उनको लेक- मेरो बेसी मेरो बेसी-उनको लेकसम्मका सुसज्जित यात्रात्मक मझेरीहरु!!

    आश्चर्य लाग्छ, म “प्रेमी” भइसकेको हुन्छु कसैको । त्यो पनि हलक्क बढेका बासका मुनासरी । मेरा दुधे ओठहरुले प्रेम फड्कार्न थालेको पाउछु । म बेला बेला प्रेममा बर्बराउन थालेको पाउछु अनि अचम्मित हुन्छु । सपना हो या बिपना उनी पनि आफूजस्तै तन्नेरी भएको पाउछु, अनि मनभित्रै अनेकन लड्डु फुटाउन थाल्छु ।

    तिहारको समय थियो भैलेनिको पगरी गुथेर उ थापाटारको फेदबाट केही घर भैलेनी नाचेर आएको हुनु पर्छ । उ त्यो सयपत्रीका केही झोक्काको प्रेमील आभास पिउदै अरु भैलेनीबाट छलिएर जुनकिरी बाल्दै घरमुनीसम्म पुगेको  कत्ति काइदाको दृश्य थियो अहो ।

    अझै पनि साझ पख चिसो सिरेठोले जब शरीरमा चुम्बन गरि जान्छ, ती हावाका झोकाहरुमा कता कता तिम्रा ओठहरु घुलित भएको आभास हुन्छ ।

    चुम्बन त्यो घटना हो जहाँ शब्दहरुद्वारा भाव ब्यक्त गर्नै सकिँदैन । शब्द एकदमै तुच्छ हुन्छ जहाँ तहाँ चुम्बनले ब्यक्त गर्न सक्छ । चुम्बन संसारकै सबैभन्दा उत्कृष्ट साहित्य हो,कला हो । केही भाव भन्न सकिन्न तर अनुभव गराउन सकिन्छ । चुम्बन त्यो भाव अनुभवमा ल्याउने सेतु हो !

    म बाँचिरहेको समाज नैतिक छ त्यसैले यो समाज एक भयानक बम हो दमित कामुकताको । जसरी कहिले कहिले भुलबस आणविक भट्टिबाट विकिरणहरु चुहिन्छ त्यसरी नै नैतिकताको नाममा अनन्त कालदेखि दमित यौन कुण्ठा जब चुहिन्छ कुनै छिद्र भेट्टाउना साथ त्यहाँ बलात्कार हुन्छ ।

    मायाका भोकाहरु, पानि का फोकाहरु, दुख का पोकाहरु, मृत्यु का ढोकाहरु कति बेला खुल्छ्न थाहा हुदैन । म आउन ढिला गरेछु, तिमी जान हतार गरिछौ ! बाटो उहि पदचाप उहि बस समय फरक परेछ !

    घरै छेउबाट बिदाइ गर्छे मलाई ऊ अब अरुकी नहुने कसम खादै । त्यसपछिका कतिऔ वर्ष छिमली म आफूलाई शब्दाकार पाउछु । बिलीनतापछि होसमा आएको “ध्यानी” झै ।

    म निसास्सिरहेछु थापाटारको अन्तिम हासो बोकी । ठिङंग उभिइरहेछे ऊ, सम्झन्छु त्यो चित्र जस्ताको तस्तै म । यस्तो लाग्छ- ऊ तामाजस्ती बढिसकी होली, तरुनी भइसकी होली, पुतलीजस्ती सुकुमारी भइ सायद !

    तरपनि अभ्यस्त भेट ! कताकति हत्केलाहरु तस्बीर सुम्सुम्याउन पुगिरहेछन् । त्यही तस्विर, जुन उसले मलाई चैते दशैको मेलामा उसको लेक जादा, मलाई उस्को छातिमा टमक्क कसी उपहार दिएथी-सम्झनाको-बिर्सनाको ! ऊ थोरै काउकुतिए जस्तो लाग्छ, थोरै सर्माएजस्तो लाग्छ अनि लाग्छ उस्को जस्तै कलिलो जवानीको रहर मलाई तर……………

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology