काठमाडौं, फाल्गुन ३। समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराका साथ उच्च सपना बाँडेको नेकपा नेतृत्वको सरकारले आफ्नो दुई वर्ष पूरा गरेको छ । सरकारको सफलता र असफलता मापन गर्ने प्रमुख आधार नै हो देशको अर्थतन्त्र । आर्थिक समृद्धिको नारा सहित आफ्नो दुई बर्ष बिताएको यो सरकारको दुई बर्षे आर्थिक पक्ष कस्तो रह्यो त ?
२०७४ फागुन ३ गते नेतृत्व सम्हाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन, विकास र समृद्धिमा सरकारको मुख्य ध्यान हुने बताएका थिए । तर यो दुई वर्षमा सर्वसाधारणले भने प्रधानमन्त्री ओलीको प्रतिबद्धता अनुसार महसुस गर्ने खालको परिवर्तन पाउन सकेको भने देखिदैन । यो सरकारले २ वटा बजेट ल्याइसकेको छ । तर, बजेट परिचालनमा भने सरकार निक्कै कमजोर देखिन पुग्यो ।
नेतृत्व सम्हालेको पहिलो वर्षको पाँच महिना बजेट कार्यान्वयन गरेको सरकारले गएको वर्ष भने पूरा समय आफैले ल्याएको बजेट कार्यान्वयन गरेको थियो ।
सरकारको पहिलो वर्षमा अर्थतन्त्रका सूचकहरु :

गएको वर्षलाई आर्थिक समृद्धिको आधार वर्ष भएको भन्दै वित्तीय संघीयता कार्यान्वयमा सरकार अल्झिंदा विकास र समृद्धिको परिणाम देखिन समय लाग्ने भन्दै पन्छियो सरकार । तर सरकार आफैले ल्याएको दोस्रो वर्षको बजेटमा पनि विगतकै निरन्तरता देखियो । अर्थात् यो वर्ष पनि सरकार आफैले संसदमा पेस गरेको बजेट संसोधन भएको छ । अघिल्लो वर्षको जस्तो नीति निर्माणमा सरकार केन्द्रित हुदै, भनेजस्तो खर्च नहुँदा अनुमान संसोधन गर्नुपरको ठोस कारण भने सरकारले दिन सकेको छैन ।
सरकारले गएको ६ महिनामा खरिद सम्बन्धि ऐन र कानून संसोधनमै बितायो । त्यसको असर अहिले विकास निर्माणमा देखिएको छ । खर्चमात्र होइन राजश्व अनुमानमा पनि सरकार असफल देखिएको छ । यो सरकार आउनु पूर्व जेनतेन वा लक्ष्यभन्दा बढी नै राजश्व उठ्दै आएपनि गएका दुई वर्षदेखि राजश्वको लक्ष्य पुग्नै छाडेको स्पष्ट देखिन्छ ।
कूल १० खर्ब ५६ अर्ब रुपैंया राजश्व उठाउने लक्ष्य लिएको सरकारले पुससम्ममा जम्मा ४ खर्ब ५६ अर्ब रुपैंयामात्र उठाएको छ । यसको मतलब अब बाँकीको ६ महिनामा ६ खर्ब रुपैंया राजश्व संकलन हुनु पर्दछ । जुन सरकारले सोचे जस्तो त्यति सजिलो देखिदैन । यदि संसोधित लक्ष्य पूरा गर्ने हो भने यो माघ महिनादेखि नै प्रत्येक दिन ३ अर्ब ३३ करोड रुपैंयाका दरले राजश्व संकलन हुनु पर्दछ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते