काठमाडौँ, माघ २९। सिन्धुपाल्चोकको गुम्बागाउँमा दुई सय भन्दाबढी व्यक्तिमा रुघा र ज्वरोको समस्या देखिएको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँमा दुई सय भन्दा बढीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको हो। गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएपछि त्रास उत्पन्न भएको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो।
सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो। चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरस अन्य देशमा पनि पुगेको छ। नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। सिन्धुपाल्चोक चीनसँग सीमाना जोडिएको जिल्ला भएको र ज्वरोका विरामीमा पनि त्यस्तै लक्षण देखिएका कारण त्रास उत्पन्न भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र पठाइएको छ। त्यस्तै, संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर २०० नाघेको श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, २३ गतेदेखि केही व्यक्तिमा ज्वरो र रुघाखोकी समस्या देखिएको थियो। अहिले उक्त ज्वरो २०० बढी व्यक्तिमा फैलिएको छ।
एकै गाउँका स्थानीय बिरामी परेकाले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको उहाँको भनाइ छ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते