आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् राशिफल

  • साझा डबली
  • मिति २०७६ साल माघ २८ गते मंगलबार, इस २०२० फेब्रुवरी ११। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। द्वितीया, ९ः१८ उप्रान्त तृतीया।

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षामा सुधार भई बिगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनहः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ।

    बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा आमासँग सानो कुरामा विवाद बढ्ने योग रहेकोछ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलव्धी हासिल हुने छैन।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा तपार्ईँको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउँन सकिनेछ। मायाप्रेममा नजिकिने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाव बढ्ने हुदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ। माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तहरु तपार्ईँसँग टाडिनेछन् । पति पत्नी विच मनमुटाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाव बढ्नेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भूमि, बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरी थप फाइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलव्धीमुलक कामहरु गर्न सकिनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउँनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यापारमा लगानी गरेपनि आम्दानी कम हुनेहुँदा दैनिकी चलाउँन हम्मे हम्मे पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा कामहरु प्रभावित हुनेछन्।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology