अमेरिकी डलरको भाउ स्थिर, कुन देशको कति ?

  • साझा डबली
  • काठमाडौँ, माघ २६। आज (आइतबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।

    आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ।

    त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

    त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२४ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ५० पैसा छ।

    त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ३८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ १५ पैसा छ।

    हेर्नुहोस् अन्य देशको विनिमयदर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology