काठमाडौं, माघ २३। दबाब दिएर भ्रुणहत्या गर्न लगाएको भन्दै पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित ७ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
मेगा बैंकको त्यहाँस्थित शाखामा कार्यरत कर्मचारीसँग प्रेम विवाह गरेपछि रहेको गर्भ दबाब दिएर पतन गराइएको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएकी हुन् ।
जाहेरी परेलगत्तै पाँचथर जिल्ला अदालतबाट अध्यक्षसहित प्रतिवादी सातैजनालाई पक्राउ गर्न आदेश लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख सिद्धराज न्यौपानेले बताए । जाहेरी पर्नु पहिल्यैदेखि अध्यक्ष चेम्जोङ सम्पर्क बाहिर छन् ।
अनुसन्धान प्रक्रियामा प्रभाव पर्ने भन्दै प्रहरीले अन्य प्रतिवादीको नाम गोप्य राखेको छ । दलित समुदायकी ती युवतीले क्षेत्री समुदायका बैंक कर्मचारीसँग गत साउनमा मन्दिरमा गएर विवाह गरेको र त्यसपछि रहेको २१ साताको गर्भ गाउँपालिका अध्यक्षको दबाबमा पतन गर्न बाध्य बनाइएको जाहेरीमा उल्लेख गरेकी छ ।
दलित किशोरीसँग विवाह गरेका ती कर्मचारीका अभिभावक र आफन्तको आग्रहमा पालिका अध्यक्ष चेम्जोङले धम्की दिएर भ्रुण हत्या गर्न वाध्य बनाएको दाबी गरिएको छ । मुद्दामा किशोरीले आफ्ना श्रीमान, अभिभावक र स्वास्थकर्मीसम्मलाई विपक्षी बनाएकी छन् ।
थप यो पनि पढ्नुहोस……
भ्रूणहत्या प्रकरण : खर्च अभावले छटपटिदै युवती , उजुरी नदिन अध्यक्ष दम्पतिको दबाब
गाँउपालिका अध्यक्षको दवावमा भ्रूणहत्या, स्वीकृति नलिएको अस्पतालबाट गर्भपतन







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते