मुद्धा परेपछि विजय गच्छदारको सांसद पद स्वत: निलम्बनमा

  • साझा डबली
  • काठमाडौं, माघ २२। ललिता निवासको जग्गा प्रकरणमा मुद्धा दायर भएपछि काँग्रेस सांसद विजयकुमार गज्छदार संसदबाट स्वत निलम्बनमा परेका छन् ।

    अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा अख्तियारले अनियमितता प्रकरणमा संलग्नहरुमाथि बुधबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

    ग्रेस उपसभापति तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदार प्रतिनिधिसभा सदस्यबाट उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्मका लागि स्वतःनिलम्बित भएका हुन।

    अख्तियारले तत्कालिन उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र उनी पछिका चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेको छ।

    त्यसैगरी पूर्व सचिवहरु दीप बस्न्यात, छवीराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर भएको छ। बस्न्यात अख्तियारको आयुक्त हुँदै प्रमुख आयुक्त भइसकेका व्यक्ति हुन्

    भ्रष्टाचार आरोपको सूचीमा २२ रोपनी जग्गा ‘घुस’ लिएका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापगाई अनि सासु सोदाकुमारी चापागाई समेत छन्।

    हाल चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology