कोरोनाबाट २८ सयको मृत्यु, ८२ हजार प्रभावित

  • दक्षिण कोरिया बढी जोखिममा
  • साझा डबली
  • काठमाडौं, फाल्गुन १६। चीनको बुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाई अब निर्णायक चरणमा पुगेको बताएका छन् । चीन बाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताएका छन् ।

    अब हाम्रो मुख्य चासो चीन होइन, बाँकी विश्वमा छ : डब्ल्युएचओ
    विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अधानम गेब्रीससले कोरोना भाइरसका विषयमा अब मुख्य चासोको स्थान चीन नभई बाँकी विश्व भएको बताएका छन् । गत दुई दिनदेखि नयाँ भाइरस संक्रमितको संख्या चीनमा भन्दा बाँकी मुलुकमा बढी देखिएको छ ।

    यतिबेला चीनमा ४८ हजार ६३० संक्रमित छन् भने दुई हजार ७४७ को ज्यान गएको छ । चीन बाहिर तीन हजार ४७४ संक्रमित हुँदा ४४ को ज्यान गएको छ । ‘बाँकी संसारमा जे भइरहेको छ, हाम्रो मुख्य चासो त्यसमा छ,’ टेड्रोसले भने ।

    गएको २४ घण्टामा सात नयाँ मुलुकले आफ्नो कोरोना संक्रमित फेला परेको बताएका छन् । उनले सबै मुलुकलाई तत्काल भाइरस नियन्त्रणमा जुट्न पनि आग्रह गरेका छन् । उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए । पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ । चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    चीन तङ्ग्रिदै, एसिया र युरोप खतरामा

    चीनको कोरोना भाइरसको पछिल्लो तथ्याङ्क विश्लेषण गर्दै मेडिकल विशेषज्ञहरुले भनिरहेका छन्, ‘चीन विस्तारै कोरोनाबाट तंग्रिने क्रममा छ ।’ एक सातामै एक हजार ७ सय भन्दा मानिसमा संक्रमण र १७ जनाको मृत्यु । अन्य लाखौं व्यक्तिमा संक्रमण भएको आशंका । दक्षिण कोरियाको यो तथ्याङ्ग हेर्दै स्वास्थ्य वैज्ञानिकहरु भनिरहेका छन्, ‘चीनमाझैं कोरियामा पनि कोरोनाको महामारी फैलन सक्छ ।’

    इटलीमा ५ सय जना भन्दा कम अर्थात ४४७ जनामा संक्रमण हुँदा २२ र इरान २ सय ४५ जना संक्रमित हुदाँ २६ जनाको मृत्यु हुनुले यी दुई देश पनि विश्व स्वास्थ्य संगठनको ‘डेञ्जर जोन’ मा परेका छन् ।

    ल्यानसेट जर्नलको पछिल्लो अनुसन्धानले चीनपछि इजिप्ट, अल्जेरिया र दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलन सक्ने देखाएको थियो । तर, चीनपछि दक्षिण कोरिया, इरान र इटालीमा कोरोनाको संक्रमण उच्च देखियो ।

    यसले के देखाउँछ भने अहिले कोरोना भाइरस विश्वभरका स्वास्थ्य विशेषज्ञहरुको टाउको दुखाई बन्दै गएको छ । यसको कारण, नतिजा र फैलावट वैज्ञानिकले अनुमान गरेभन्दा बाहिर छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले विश्वभरको सबै देशलाई ‘तयारीको अन्तिम चरणमा’ रहनुपर्ने भन्दै सचेत गराएको छ ।

    चीनको नयाँ रणनीति
    चीनले कोरोना भाइरसको प्रकोप रोक्न व्यापार र उपभोगका लागि वन्यजन्तुको बजारलाई नियन्त्रण गर्ने योजना बनाएको छ । चीनको वन्यजन्तु संरक्षणको निरीक्षण गर्ने नेशनल फरेस्ट्री एण्ड ग्रासल्याण्ड प्रशासनले वन्यजन्तु प्रजनन संस्थाको व्यापक सरसफाइ र नियमन गर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology