बाँस्कोटाको सातवटा डायरी कस्ले लग्यो ?

  • साझा डबली
  • काठमाडौँ, फाल्गुन १३। निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उहाँको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ।

    अख्तियार दुरुपयोग अुनसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो। तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ।

    ‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन्।’ स्रोतले बतायो। तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्यो– ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि !’

    यसबारे थप बुझ्दा उक्त मन्त्रालयका सचिव दीपक सुवेदीले अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको बताउनुभयो। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology