राजाको भन्दा केपी ओलीको चर्को राजकीय ठाँट, ‘बर्थ डे’ मा सार्वजनिक बिदादेखि हेलिकोप्टर चार्टर्डसम्म

  • दीपेश बराल
  • काठमाडौं, फाल्गुन ११। आइतबार तेह्थुमको आठराई गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा ग¥यो । यो बिदा उक्त गाउँपालिकाको क्यालेण्डरअन्तर्गत थिएन । स्थानीय बिशेष चाड, पर्ब र संस्कृतिसँग पनि सम्बन्धित बिदा थिएन, यो । सार्बजनिक बिदा दिनुपर्ने एउटै मात्र कारण थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अबसर । प्रधानमन्त्री ओली उक्त गाउँपालिकाको आठराई गाउँमा जन्मेका हुन । आज उनको जन्म घरमा जन्म दिन मनाउने कार्यक्रम तय गरिएको थियो । यो कार्यक्रमलाई भब्यतापूर्बक मनाउन गाउँपालिकाले आज सार्बजनिक बिदा दियो ।

    सार्बजनिक बिदा दिएर मात्र गाउँपालिकाले चित्त बुझाएन, स्थानीय बिद्यालयका शिक्षक, बिद्यार्थीहरुलाई औपचारिक पोशाकमा अनिबार्य हाजिर हुन उर्दीसमेत जारी गरियो । गाउँपालिका स्थानीय सरकार भएकाले उसको निर्देशनको पालना हुने नै भयो । त्यसैले बिद्यार्थी र शिक्षकहरु पोशाकमै कार्यक्रम स्थल पुगेका थिए । उक्त गाउँपालिकास्थित सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई पनि यस्तै निर्देशन गएको थियो ।

    आफ्नो ६९ औं जन्म दिन बिशेष प्रकारले मनाउने ओलीकै ईच्छामा यो कार्यक्रम तय गरिएको थियो । जन्म घरमा बर्थ डे मनाउने ओलीले चाहना राखेपछि त्यसलाई मूर्तरुप दिन उनी निकट रहेर कुस्त फाइदा लिएकाहरुले एक महिनाअघिदेखि कार्यक्रम बनाएका थिए । कार्यक्रम तय भएपछि ओली र उनी निकट सयौं नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रम स्थल अर्थात ओलीको जन्म घर जान भनिएको थियो । त्यसको लागि सम्पूर्ण खर्चपानीको समेत ब्यबस्था गरिएको थियो । कतिसम्म भने काठमाडौमा बसोबास गर्ने नेकपाका उनी निकट तेह्थुमबासीहरु करिब आधा दर्जन गाडी रिजर्भ गरेर आठराई पुगेका थिए । पूर्बी जिल्ला खासगरी झापा, मोरङ्, सुनसरी, भोजपुर, ताप्लेजुङलगायतका जिल्लाबाट पनि कार्यकर्ता त्यहाँ पुगेका थिए । यसका लागि आतेजाते भाडा र खानपिन खर्चसमेत जुटाइएको थियो ।

    जन्म दिन मनाउनैका लागि उनी निकट नेता, कार्यकर्ताहरुले हेलिकोप्टर समेत चार्टर गरेर कार्यक्रम स्थल पुगेका थिए । बिराटनगरबाट हिक्मत कार्की, बिनोद, ढकाल लगायत उनी निकट नेता र केही ब्यबसायी तथा ठेकेदारहरुले हेलिकोप्टर चार्टर्ड गरेर आठराई पुगेका थिए । कार्यक्रम स्थलमा उपस्थित सबैलाई भोजको ब्यबस्था थियो । ओलीको जन्म दिनमा लागेको सबै खर्चको हिसाब गर्ने हो भने करिब एक करोड रुपैयाँभन्दा बढी खर्च भएको अनुमान गरिएको छ ।

    कार्यक्रम स्थलमा केपी ओलीलगायत दर्जनौं नेतालाई राज्य कोषको खर्चमा पु¥याइएको थियो । राज्य कोषको खर्चबाट प्रधानमन्त्री ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री वीना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ लगायत दर्जनौ नेताहरु पुगेका थिए । राज्य कोषको लाखौं रकम खर्च गरेर त्यहाँ पुग्दा सार्बजनिक आलोचना हुन्छ भनेर त्यसबाट बच्न नजिकैको पाँचथर जिल्लामा पर्ने खानेपानी आयोजना उद्घाटनको कार्यक्रम तय गरिएको थियो । खानेपानी उद्घाटन निकै अघि हुनपर्नेमा यसैका लागि पछि सारिएको थियो । हेर्दा खानेपानी उद्घाटनको कार्यक्रममा आउँदा बाटो परेर जन्म घरमा आयोजना गरिएको बर्थ डे कार्यक्रममा सरिक भएको देखाउन खोजिए पनि खासमा बर्थ डे का लागि आउन खानेपानीको कार्यक्रम बनाइएको थियो ।

    गरिब जनताको गाँस काटेर जम्मा भएको राज्य कोषको ठूलो रकम खर्चेर ‘भब्यतापूर्बक’ बर्थ डे आयोजनाले समाजमा भने केही महत्वपूर्ण सन्देश दिएको छ । पहिलो,प्रधानमन्त्री ओलीले राज्य कोषलाई ब्यक्तिगत सम्पत्तिजस्तो ठान्छन् भन्ने हो । आफ्नो स्वार्थ र खुसीका लागि यसलाई उपयोग गर्न उनलाई कुनै संकोच लाग्दैन । लोकलाजबाट बच्न र कानुनी प्रक्रियाले गर्दा मात्र यसरी उनले राज्य कोषलाई घुमाउरो बाटोबाट प्रयोग गरेका हुन । कानुनी रुपमा त्यो खर्च प्रश्न गर्न सकिदैन । प्रधानमन्त्री र मन्त्रीहरु कार्यक्रममा गएबापतको खर्च देखिन्छ । तर सत्य अर्कै हो ।

    कानुनले सत्यभन्दा तथ्य हेर्ने हुदा तथ्यमा खानेपानी उद्घाटन देखिन्छ । राज्य कोषको पैसा जनताको हो र यो बिकास तथा लोककल्याणकारी काममा खर्च गर्नुपर्छ भन्ने कुरालाई यसरी तिलान्जली दिनु दुर्भाग्यपूर्ण हो । अर्को सन्देश भनेको नेपालको कम्युनिष्ट आन्दोलन संस्कृतिरुपमा अब पुरैबिचलित भयो भन्ने हो । कम्युनिष्टहरु समाजबादी संस्कृतिका पृष्ठपोषक हुन । सामन्तबादी र पुँजीबादी संस्कृतिलाई यिनीहरु घृणा गर्छन । संस्कृतिलाई संसारकै कम्युनिष्टहरुले पहिलो प्राथमिकतामा राख्छन् ।

    नेपालका कम्युनिष्टहरुले पनि यो मुद्धालाई अन्यन्त महत्वपूर्ण रुपमा लिन्छन् । कुनै पनि मुलुकको स्वतन्त्रता, स्वाधीनता र सार्बभौमिकतामाथि हस्तक्षेप गर्नु प¥यो भने पहिले संस्कृति समाप्त गरिन्छ भन्ने कम्युनिष्टहरुको मान्यता छ । त्यसैले मौलिक संस्कृतिको रक्षा, जर्गेना तथा बिकास कम्युनिष्टहरुको पहिलो प्राथमिकता हुन्छ । राजनीतिक र सामाजिक परिबर्तन गरेर मात्र हुदैन, त्यो भन्दा मूल कुरा सांस्कृतिक रुपान्तरण हुनुपर्छ भन्ने कम्युनिष्टहरुको आदर्श र सैद्धान्तिक मान्यता छ । सांस्कृतिक रुपान्तरण निकै जटिल र लामो प्रक्रियाबाट हुन्छ भन्ने यिनीहरुको मान्यता छ ।

    सांस्कृतिक दृष्टिकोणले तामझामका साथ जन्म दिन मनाउनु सामन्तबादी संस्कृति हो । यसको अन्तस्करणमा ब्यक्ति पुजा हुन्छ । कुनै ब्यक्तिलाई महान देखाउन, अन्य मानिसहरुभन्दा उसको सामाजिक हैसियत बिशिष्ट छ भन्ने देखाउन र उसको चाकडी गरेर आफ्नो स्वार्थ पुरा गर्न यस प्रकारका कार्यक्रम तय गरिन्छ । यसको मूल उद्धेश्य ब्यक्तिको देबत्वकरण हो । सामन्तबादी समाजले यो संस्कारलाई संस्थागत गरेका हो । हाम्रै मुलुकमा पनि राजाको जन्म दिन अनिबार्य मनाउनु पर्ने ब्यबस्था थियो । मुलुकभर राजाको जन्म दिन मनाउन सरकारले उर्दी जारी गथ्र्यो । सरकारी कार्यालयहरुलाई बिदा दिइन्यो र अनिबार्य उपस्थितिका लागि आब्हान गरिन्थ्यो ।

    बिद्यार्थीहरुले पोशाकमा राजाको जयजयकार गर्दै ¥याली निकाल्नुपथ्र्यो । राजा सामन्तबादको राजनीतिक नेता वा प्रमुख हुन । यही संस्कृतिलाई ओलीले मुलुकमा, त्यो पनि गणतन्त्रमा संस्थागत गर्दैछन् । पन्च, काँगे्रसले पनि हुबहु बोक्न नसकेको यो संस्कृति ओली सत्तासिन भएपछि भने बिस्तारित हुदैछ । उनले बिगत केही बर्षदेखि यसलाई देशभर बिस्तार गरिरहेका छन् । अहिले जनबर्गीय संगठनहरुमा यो संस्कृतिले जरा गाडीसकेको छ । अधिकाँश जनबर्गीय संगठनको नेत्तृत्वमा ओली निकट छन् । यसैले ओलीले नै जनबर्गीय संगठनमार्फत यो संस्कृतिलाई बिस्तार गरेका हुन ।

    जनबर्गीय संगठनहरुको अहिलेको राजनीतिक काम भनेकै अहिले बर्थ डे मनाउनु जस्तो भएको देखिन्छ । ओलीले गएको बर्ष आफ्नो जन्म दिन बालुवाटारमा यसरी नै बिशेष भेटघाट र भोजभतेर गरेर भब्यतापूर्बक सम्पन्न गरेका थिए । यसमा पनि राज्य कोषकै दुरुपयोग गरिएको थियो र सार्बजनिक आलोचना पनि भएको थियो । सत्ताबाहिर रहदा ओली आफ्नै घरमा यस्तै किसिमले जन्म दिन मनाउँथे । तेस्रो सन्देश हो चाकडी प्रथालाई मलजल गर्नु ।

    ओली राणा र शाहकाललाई नै बिर्साउने गरी चाकडी प्रथालाई ब्युत्याएका छन् । जसले ओलीलाई देबत्वकरण ग¥यो, त्यसलाई मात्र बिभिन्न अबसर दिने गरेका छन् । त्यसैले उनको पार्टीमा योग्यता, क्षमता र ईतिहासको अहिले कुनै कदर छैन । उनको चाकडी गर्नेहरु हिजो पार्टीबिरोधी हुन या गणतन्त्र बिरोधी हुन तिनलाई उनले चाहेको अबसर दिने गरेका छन् । उनी आफ्नो आलोचना सहनै सक्दैनन् । त्यसैले पार्टीभित्र उनको चाकडी नगर्ने र आलोचना गर्नेहरुलाई फरक पार्टीको भन्दा तल्लो स्तरमा ब्यबहार गर्छन । यो पनि सामन्ती संस्कृतिको एउटा मूल पक्ष हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology