समृद्धिको लागि नेपालले छिमेकीबीच सन्तुलन मिलाए पुग्छ : प्रधानमन्त्री ओली

  • साझा डबली
  • काठमाडौं, फाल्गुन १०। प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ।

    दुई ढुंगाबीचको तरुल भनेर नकारात्मक ढंगले भन्दा छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो । समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

    दुबै छिमेकी देशहरुका राजनीतिक, आर्थिक र सामाजिक प्रवृतिमा भिन्न भएपनि सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो।

    ‘देशको यो स्थिति, यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएरु बस्ने दुई । ठूला ढुंगाका बीचको सानो तरुल भनेर । फैलिन पाउँदैन होला । फैलिन परेको छैन् । यसैमा समृद्धि बनाएर हुन्छ नी । हामी दुई ढुंगाको बिचमा छौँ भने फैलिन नपाउने होला तर यहि समृद्धि हासिल गर्न सकिन्छ । त्यसका लागि हामीले सन्तुलित, प्रभावकारी र उचित प्रकारको छिमेक सम्बन्ध र वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक छ’, उहाँले भन्नुभयो, ‘सूर्य, चन्द्रमा र पृथ्वी पनि आफ्नो सन्तुलनमा घुमेका छन् । सूर्यका वरिपरि घुम्ने नौं ग्रहलाई डोरीले झुण्ड्याएको छैन्। यो दुनिया धर्ति र प्रकृति नै सन्तुलनमा छ । हामीले संसारको सबै सन्तुलन गर्नुपरेको छैन् । दुईवटा छिमेकी मिलाउने हो । यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ ।’

    प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पधालाई हटाएर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभएको छ । अरुलाई आफुभन्दा निच देखाएर ठूलो हुन नकिने बताउँदै उहाँले भन्नुभयो, ‘अर्काको कापी च्यातेर आफु अगाडी हुने होइन्। यसको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नती गर्छ । अरुको विगारेर आफु सप्रिने होइन् । अरुलाइृ पनि सप्रिन मद्दत गर्ने र आफु पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’ देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै उहाँले जस्तोसुकै संकट आएपनि नडगमगाने अर्थतन्त्रत्र निर्माण गर्न सकिने बताउनुभयो।

    प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताउनुभएको छ । दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उहाँले बताउनुभयो।

    शनिबार आफ्नो ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता सार्वभौम हुने र जनता नै निर्णायक भएको लोकतान्त्रिक प्रणाली देशमा कायम रहेको बताउनुभयो । जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै ओलीले सार्वभौम भएपछि ढंग पु¥याउन सकिएन भने केही गर्न नसकिने बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology