काठमाडौं, फाल्गुन १०। शुक्रवार बिहान गुल्मीको बिरवासमा मृत अवस्थामा फेला परेको एक युवाको योजनाबद्ध ढंगले हत्या गरिएको परिवारजनले दावी गरेका छन् ।
शुक्रवार बिहान करिव ५ बजेको समयमा गुल्मीदरवार गाउँपालिका वडा नम्वर ४ बिरवासको अरकडाँडा कच्ची सडकको खोल्सा नजिकै रक्ताम्मे अवस्थामा स्थानीय ३३ बर्षीय सन्तोष भनेर चिनिने मोहनप्रसाद चुँदालीको शव फेला परेको थियो ।
टाउकोमा गम्भीर चोट लागेको र रगतपच्छे भएको अवस्थामा शव फेला परेको थियो । मृतक चुँदालीकी श्रीमति सरस्वतीले आफ्नो श्रीमानको योजनावद्ध ढंगले हत्या भएको हुन सक्ने भन्दै छानबिनको माग गरेकी छिन् ।
श्रीमानको हत्या नै भएको भन्दै श्रीमति सरस्वती चुँदालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । प्रहरीले शुक्रवार विष्णुबहादुर कँडेल र स्थानीय होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते