काठमाडौं, फाल्गुन ९। बहुचर्चित ३३ किलो सुनकाण्डले एसएसपी, एसपी, डिएसपीसहितका दर्जनौँ प्रहरी चार–पाँच महिना जेल परे । सनम शाक्यको हत्या गरियो । ‘गोरे’ भनिने मुख्य नाइके चूडामणि उप्रेती अहिले पनि सेन्ट्रल जेलको हावा खाइरहेका छन् ।
तर, त्यो सुन चाहिँ छ कहाँ ? ०७५ सालको मंसिर अन्तिम साता भारतको कोलकातामा इटहरी, सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परे । स्थानीय प्रहरीले उनीहरु सवार कार पनि नियन्त्रणमा लियो ।
गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरी पौडेल नेतृत्वको छानबिन समितिले उक्त सुन नेपालबाट हराएकै हुनुपर्ने आशंका गर्यो । समितिको दाबी थियो, गोरेले सन् २०१५ देखि पटक–पटक गरी करिब ३८ क्वीन्टल, अर्थात् ३७ लाख ९९ हजार पाँच सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको र अधिकांश सुन भारत छिराइएको । त्यही ठहरमा टेकेर लामो समयदेखि नेपाली अधिकारीहरु कोलकाता प्रहरीको सम्पर्कमा रहे ।
तस्करी भएको समान मेरो र तेरो भन्न पाइन्न किनभने तस्करी आफैमा अवैध विषय हो, त्यसमाथि कसैले मेरो भन्छ भने उही नै कारवाहीको भागिदार हुनुपर्छ । यस्तो हैरानी हुने भएपछि नेपालको तर्फबाट सोधखोजै हुन छाडेको छ । राजश्वले सोध्दा प्रहरीले जवाफै नदिई बसेबाट अनुसन्धानकर्मीहरु यो मामिला चर्काउने पक्षमा नरहेको बुझिन्छ ।
बरु, ०७५ मंसिरमा समातिएका सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्मा त्यहाँको जेलमा कैद छन् । जतिबेला यी दुई नेपाली कोलकातामा समातिएका थिए, त्यही बेला अर्को भारतीय शहर लखनउमा पनि त्यति नै परिमाणमा सुनसहित तस्कर पक्राउ परे । यसरी ३३ किलो सुन ल्याउने सूत्रधार अहिलेसम्म पत्तो लागेको छैन, त्यही नाममा हुने, नहुने सबथोक भइसकेको खबर छ । -जनआस्था साप्ताहिक







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते