काठमाडौं, फाल्गुन ९। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको जनाएको छ । शुक्रबार पूर्वानुमानबारे सूचना जारी गर्दै महाशाखाले अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फागुन ०९ गते (शुक्रबार): दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर आँशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
फागुन १० गते (शनिबार): दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |
फागुन ११ गते (आईतबार): दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। रातीः देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।







सल्यानमा पौने दुई अर्बको आलु उत्पादन
निर्वाचन सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन