धरानमा एक बिरामीलाई कोराना भाइरस संक्रमणको आशंका

  • साझा डबली
  • काठमाडौं, माघ १७ । धरानमा एक बिरामीलाई कोराना भाइरस भएको आशंका गरिएको छ ।

    करिब ५ दिन अघि कोरियाबाट फर्किएका उनलाई उच्च ज्वरो र घाँटीको दुःखाई भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए ।

    उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरिएको छ ।

    चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सर्तकता अपनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology