काठमाडौं, माघ १७। नेपालको पुर्वी भू–भाग नजिक निम्न चापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको मध्य तथा पुर्वी पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी तराई भू–भागमा हुस्सु/कुहिरो लागिरहेको छ। पश्चिमी भू–भागको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको छ। तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरोका कारण घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसोः : देशभर आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः उच्च पहाडी तथा हिमाली भू-भागमा आंसिकदेखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते