जाडोबाट बच्नका लागि शहर बजारमा अहिले सबैभन्दा सजिलो माध्यम भनेको हिटर हो । तर यही सजिलो माध्यम मानिएको हिटर प्रयोग गर्न जानिएन भने ज्यानै जाने जोखिम पनि उत्तिकै हुन्छ ।
आजभोलि हिटर पड्किएको, हिटर बालेको कोठामा निस्सासिएर मृत्यु भएको, वाथरुममा हिटरको प्रयोग गरी नुहाउँदा ज्यान गुमाउनुपरेको जस्ता समाचारहरु आइरहेका छन् ।
जाडोमा पानी तताउन बाथरुममा राखिएको ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटर लगायतले मानव स्वास्थ्यमा निकै असर पु¥याउने र ज्यानसमेत जान सक्ने भएकाले डाक्टरहरुले पनि सावधानी अपनाउन गरिरहेको पाइन्छ । त्यसैले हिटरलाई कसरी प्रयोग गर्ने भन्ने कुरा जानी राख्नु निकै जरुरी हुन्छ ।
यहाँ हिटर कसरी प्रयोग गर्ने भन्नेबारे केही जानकारी दिइएको छ–
– कोठा पूरै बन्द गरेर हिटर लामो समयसम्म हिटर बाल्नु हुँदैन ।
– हिटरलाई बेला बेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ ।
– हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्न सक्ने सामग्रीहरु राख्नु हुँदैन ।
– आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।
– मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन ।
– छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।
– यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।
बन्द कोठामा हिटर अन गरेर छोड्नुहुँदैन । यसबाट निस्किने कार्बनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ ।
– हिटर बालेर कहिल्यै पनि निदाउनु हुँदैन । यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जान सक्छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने