काठमाडौं, माघ ६। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखको निर्वाचन कार्यतालिका सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
सूचनाअनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि २ बजेसम्म सभामुखको उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मंगलबार दिउँसो २ः३० बजे सभामुखका उम्मेदवारहरुको सूची प्रकाशन गरिने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित कार्यतालिकामा उल्लेख गरिएको छ ।
संसद सचिवालयले ‘नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम’ प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यतालिकाबारे सूचना सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार सभामुख चयन गर्नका लागि माघ १२ गते आइतबार दिउँसो ३ बजेदेखि शुरु हुने प्रतिनिधि सभा बैठकमा मतदान हुनेछ ।
सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्ने ।’
यसरी पहिलो प्रस्तावले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत गरिने छैन र एक मात्र प्रस्ताव दर्ता भएमा सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
हेर्नुहोस् निर्वाचन तालिका-








सल्यानमा पौने दुई अर्बको आलु उत्पादन
निर्वाचन सम्पन्न गर्न हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन