काठमाडौं, माघ ४। गोप्य सुचनाको आधारमा औषधि व्यवस्था विभागले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको सहकार्यमा गत सोमवार राजधानीको क्षेत्रपाटीस्थित कृपासुर ड्रग हाउसको गोदाम छापा मार्यो । कृपासुर ड्रग हाउसको सञ्चालक पुरुषोत्तम भण्डारीको गोदाममा छापा मार्दा विभागका कर्मचारी र प्रहरीनै चकित परे ।
टोलीले ठुलो मात्रामा विभागमा दर्ता नभएका अवैध औषधि बरामद गरेसंगै औषधिको बजारमा कति बदमासी रहेछ भन्ने कुरा छताछुल्ल भएको छ ।
औषधि व्यवस्था विभागले प्रचलित औषधि ऐन २०३५ ले विक्रीवितरणमा रोक लगाएका करोडौ मूल्यका औषधि कृपासुर ड्रग हाउसका सञ्चालक भण्डारीले बजारमा विक्रि वितरण गरेको भेटिएको छ । जनमानसको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै भण्डारीले प्रतिवन्धित औषधि बिक्रिवितरण गर्ने गरेको खुलासा भएको हो ।
कृपासुर ड्रग हाउसले क्यान्सर र किड्नी जस्ता गम्भीर प्रकृतिको रोगका विरामीको दुखाइको कम गर्न प्रयोग गर्ने ट्रामा डोल, यौन उत्तेजना बढाउने जेनेग्रा, निद्रा लगाउने, अल्प्राजोलमसंगै गर्भ निरोधक लगायतका विभिन्न ब्राण्डका औषधि अबैध रुपमा सर्जिकल हाउसबाट सर्जिकल आइटम भन्दै विक्रीबितरण गर्दै आएको भेटिएको हो। यी औषधि कुलतमा फसेकाहरुले ड्रग्सको रुपममा प्रयोग गर्ने गरेको श्रोतले साझा डबलीलाई जानकारी दिएको छ । कृपासुर ड्रग हाउसले करिव ९६ लाख भन्दा माथिको (६२ बोरा) यस्तो अबैध औषधि बजारमा पठाएको समेत श्रोतले जानकारी दियो।
कृपासुर ड्रग हाउसले यस्ता अवैध औषधि लागुऔषधका दुव्यर्सनीलाई मनोमानी मूल्यमा विक्री गर्दै आएको समेत समाचार स्रोतले बताएको छ ।
कसरी मारियो छापा ?
नेपाल प्रहरीले पक्राउ गरेका लागुऔषधिका दुव्यर्सनी माथिको छानविनको क्रममा उनीहरुको बयान आधारमा कृपासुर ड्रग हाउसले अवैध औषघिको कारोवार गर्दै आइरहेको खुलासा भएको हो । स्रोतका अनुसार लागु औषधका दुव्र्यशनीले पछिल्लो समय लागुऔषधको विकल्प ट्रामा डोलको प्रयोग गर्दै आइरहेको बुझिएको छ । त्यस्तै उनिहरुले ट्रामा डोल, डिभोमिन, स्पास्मो, कफट्याव औषधिको मिश्रण समेत प्रयोग गर्ने गरेको बुझिएको छ ।
समाचार स्रोतका अनुसार कृपासुर ड्रग हाउसको गोदाम छापा प्रकरणमा फरार भनिएका सञ्चालक भण्डारी कृपासुर ड्रग हाउसका मात्र सञ्चालक नभइ ,विरेन्द्र सैनिक अस्पताल स्थित फार्मेसी र काठमाडौं महानगरपालिका वडा न. १७ क्षेत्रपाटीस्थित धनोदय बहुउद्देशीय सहकारी संस्था लिमिटेडको संचालक सचिव समेत रहेको बुझिएको छ । उक्त सहकारी केहि समय अघिमात्र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमकावीच उद्घाटन गरेकी थिइन्।
त्यस्तै बुद्ध भण्डारी भनेर समेत चिनिने पुरुषोत्तम भण्डारीले औषधि बजारमा अबैध धन्दा गर्दै आएको उनि निकट व्यावसायी बताउछन् ।
यो घटनासंगै गम्भीर प्रश्न भने खडा भएको छ, कृपासुर ड्रग हाउसमा यत्रो परिणाममा अबैध औषधि कसरी भित्रियो ? चिकित्सकको पूर्जासहित अस्पताल फार्मेसीबाट मात्र विक्रिवितरण हुने ट्रामा डोल नामको औषधि भण्डारीको गोदाममा कसरी आइपुग्यो ? औषधि व्यवस्था विभागमा दर्ता नभइ कसरी भित्रियो यो औषधि ?
प्राप्त जानकारी अनुसार ट्रामा डोल मात्र नभइ विभागले विक्रिवितरणमा रोक लागाएका औषधिको विक्रीवितरण औषधि व्यवसायीको सर्जिकल हाउसबाट हुने गरेको खुलसा भएको छ । यसरी प्रतिबन्धित अनेकन औषधि अस्पताल आसपासका क्षेत्रमा खोलिएका सर्जिकल हाउसबाट बजारीकरण हुने गरेको दावी श्रोतको छ ।
स्रोतका अनुसार कृपासुर ड्रग हाउसका सञ्चालक भण्डारीको पनि औषधिको मुख्य जक्सन मानिदै आएको क्षेत्रपाटी र अन्य क्षेत्रमा सञ्चालमा रहेका अस्पताल आसपास रहेका सर्जिकल आउसका व्यवसायीसंग्का बाक्लै हिमचिम रहदै आएको छ।
तीनै व्यवसायी समेतआवद्ध समुहले खुला सिमाको फाइदा उठाउँदै वोरामा ल्याएको दुखाइ कम गर्ने कडा खालका ट्रामा डोल लगायतका औषधि राजधानीको लाजिम्पाटमा रहेको गोप्य स्थानमा रिप्याकिङ्ग मेसिन समेतको व्यवस्था गरि अवैध औषधिको कारोवार गर्दै आइरहेको श्रोतको दावी छ ।
यो पनि पढ्नुहोस ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते