घरभित्र खाल्टो खनेर गाडिएको टिनको बाकसमा एक करोड भेटियाे

  • साझा डबली
  • काठमाडाैं, पुस २९। भारतको नयाँदिल्लीबाट चोरी गरेको ६५ लाख भारतीय रुपैयाँ (नेपाली एक करोड दुई लाख बढी)सहित प्रहरीले कैलालीबाट तीन जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट थप एक लाख नेपाली रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा बाजुरा बूढीगंगा नगरपालिका १, डुड्ग्रीका २९ वर्षीय जहरसिंह थापा, २८ वर्षीया मनाकुमारी खड्का र ३२ वर्षीया विन्दाकुमारी थापा छन् । जहर र मनाकुमारी भारतमै रोजगारी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरूले उक्त रकम नयाँदिल्लीस्थित विशाल अग्रवालको घरबाट चोरी गरेका थिए ।

    चोरिएको रकमबारे भारतीय दूतावासले नेपाल प्रहरीलाई जानकारी गराएको थियो । कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार बरामद रकम कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विन्दाकै घरभित्र खाल्टो खनेर टिनको बाकस गाडिएको अवस्थामा फेला परेको हाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology