काठमाडाैं, पुस २९। अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ।
नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। “त्यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको छ,” अमेरिकी अन्तरिक्ष संस्थाले बताएको छ।
अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ। विज्ञहरूले ती डढेलोहरूका कारण जलवायु परिवर्तन तीव्र बनाएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रनजिकै डढेलोको धुँवा देखिएको छ
धुँवा कसरी पृथ्वी घुम्छ?
नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन्। त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्याङ्क छ। “त्यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्छ,” नासाले भनेको छ।

न्यूजील्याण्डतर्फ जाँदै गरेको धुँवा
नासाले त्यो उचाइको धुवाँले आकाशलाई चिस्याउने वा तताउने सम्बन्धमा अध्ययन गरिरहेको बताएको छ।
जमिनमा असर
नासाका अनुसार धुवाँका कारण उत्तर अमेरिकाको आकाशको रङ्ग परिवर्तन भएको र न्यूजील्याण्डमा नाटकीय प्रभाव पारेको बताएको छ। न्यूजील्याण्डमा धुवाँले वायु प्रदुषण नराम्ररी बढाएको र हिमालको टुप्पोको हिउँलाई कालो बनाएको छ। अस्ट्रेलियाका ठूला शहरहरू सिड्नी, मेलबर्न, क्यानबेरा र एडिलेडको वायु प्रदूषण खतराको अवस्थामा पुर्याएको छ।
बीबीसी







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने