दरबारमार्गमा यती समुहको काम रोक्न अदालतको आदेश

  • साझा डबली
  • काठमाडौं, पुस २५। उच्च अदालत पाटनले यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न ओदश दिएको छ ।

    नेपाल ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

    अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

    मुद्दामा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ।

    अदालतले दुवै पक्षलाई माघ १ मा छलफलमा बोलाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology