गोरखा, पुस २१ । गोरखा नगरपालिकाको नि:शुल्क औषधि खरिद सम्बन्धी टेण्डर हाल्न गोरखा पुगेका दुई युवाहरु आफुहरुमाथि कुटपिट भएको भन्दै सम्पर्कमा आएका छन् ।
गत शुक्रवार टेण्डर बुझाउने अन्तिम दिन एक समुहले मुक्तिनाथ मेडिको फर्माका कृष्ण चौलागाई र मनोज चौलागाईलाई एकछिन कुरा गर्नुछ भन्दै नगरपालिका भन्दा २ किमि माथि सडकमा लगेर मोटरसाइकल र कागजपत्र नियन्त्रणमा लिदै लछारपछार गर्दै कुटपिट गरेको पिडित मनोज चौलागाईले जानकारी दिए ।
काभ्रेपाल्चोक चौरीदेउरालीका मनोज र कृष्ण नगरपालिकाले आव्हान गरेको नि:शुल्क औषधी खरिदसम्बन्धी टेण्डर बुझाउन गत विहिवार गोरखा सदरमुकाम पुगेका थिए।
नगरपालिकाको स्वास्थ्य शाखामा टेण्डर बुझाउन जादै गरेका उनीहरुको त्यहाँ छिरेदेखिनै एक समुहले पिछा गर्यो । जब उनीहरु नगरपालिकाको कम्पाउण्डबाट बाहिरिए त्यसपछी त्यो समुहले घेरा हाल्यो । ‘हामि राजस्व तिरेर जव बाहिर निस्कदै थियौ एक हुलले एकछिन कुरा गर्नुछ भन्दै लिएर गए’, पिडित मनोजले भने ‘त्यसपछि यो हाम्रो क्षेत्र हो, यो गोरखा हो, यहाँ कसैलाई टेण्डर हाल्ल दिईदैन भन्दै हाम्रो बैंक ग्यारेण्टीसहितका कागजपत्र जफत गरे।’
हेर्नुस् बैंक ग्यारेण्टीको पत्र :

यसरी धम्कि दिने को हुन् चिन्नुहुन्छ ? भन्ने जिज्ञासामा मनोजले भने, ‘चिन्छु उनी गोरखाकै शिवहरि तिमिल्सिना हुन् ।’ तिनै तिमिल्सिनाको नेतृत्वमा रहेको एक समुहले उनीहरुलाई कुटपिट गरेको हो । समुहमा अन्य तीन जना समेत भएको उनले बताए ।
व्यावसाय त जहाँ गएर पनि गर्न पाइन्छ नि भन्दै मनोजले ‘न्याय नपाए गोरखा जानु भन्थे तर गोरखामा हामि त अन्यायमा पयौ’ , मनोज भन्छन् । ‘मेरो बा ७६, ७०३२ नम्बरको मोटरसाइकल र कागजातसहितको झोला नियन्त्रणमा लिइयाल्य ’, उनी भन्छन्, ‘हाम्रो त मेयरदेखि पत्रकारसम्म सेटिङ्ग छ, तिमीहरु आफ्नो बाटो लाग भन्दै तर्साउन थाले, हामी डरले केहि बोल्न नसकेपछि उनीहरुले जेजे भन्छन् त्यहिँ मान्दै गयौ। ‘यो ठेक्का हामीले गर्ने हो, अरु कसैको चान्स छैन भनेर तथानाम डरधाक धम्की गर्न थाले’, उनि भन्छन् । ‘गोरखा नगरपालिकामामा त टेण्डरआतंकनै रहेछ’, उनले भने
टेण्डर हाल्ने समय सकिएपछि हाम्रो मोटरसाइकल र झोला फिर्ता गरे अनि हामि असुरक्षित महसुस भएपछि काठमाडौँ फर्कियौ, ‘धन्न ज्यान जोगियो’ भन्दै उनले लामो सास फेरे । काठमाडौँ फर्कनु आगाडी एकपटक नगरपालिकाका मेयर राजनराज पन्तलाई फोन गर्ने उनीहरुको योजना बन्यो। उनले मेयरलाई भने ‘तपाइको नगरपालिकामा हामि माथि कुटपिट भयो, हामीलाई न्याय दिनुस् भन्यौ तर मेयरसापले तिमीहरु जेमनलाग्छ त्यहि गर भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, यसले हामीलाई झनै दुखिद बनायो’, पिडित मनोजले भने।
नगरपालिका प्रशासनले भने नगरपालिका वरिपरी भएको गतिविधिबारे आफुलाई केहि थाहा नभएको बताएको छ। ‘हामीलाई वाहिर हुने गतिबिधि थाहा हुने कुरा भएन नगरपालिका इलाका भित्र त्यस्तो गतिविधि भएको छैन’, सूचना अधिकारी प्रकाश ढकालले भने। यस्तो कुरा बाहिर आएपछि भने कार्यालयले यसलाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्नुपर्ने उनको भनाई रहेको छ।
कानुन हातमा लिने जोकोहीलाई कारवाही गर्छौ : प्रजिअ
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारीले कानुन हातमा लिने जोसुकैलाई कानुनको दायरामा ल्याईने बताएका छन्। गोरखामा यतिबिध्न दण्डहिनता किन भन्ने प्रश्नमा प्रजिअ देवेन्द्र लामिछानेले भने ‘कानुन तोड्नेलाई हरहालतमा छोडिदैन, नियम कानुन भन्दा माथि कोहि छैन।’ गोरखा नगरपालिकाको टेण्डर हाल्न गएकामाथि नियन्त्रणमा लिएर कुटपिट गर्नेलाई के गर्नुहुन्छ भन्ने अर्को प्रशनमा प्रजिअ लामिछानेले उजुरी दिए कारवाही गरिने प्रतिवद्धता जनाए। एक महिना अघि गोरखा अस्पतालमा पनि टेण्डरको विवाद भएको भन्दै पछि ई-टेण्डरमार्फत समस्या समाधान गरिएको समेत प्रजिअ लामिछानेले जानकारी दिए।
टेण्डर प्रक्रियानै अबैध
गोरखा नगरपालिकाको गत मङ्सिर २६ गते प्रकाशन गरेको नि:शुल्क औषधि खरिद सम्बन्धी टेण्डर अबैध भएको पाइएको छ। नगरपालिकाले प्रकाशन गरेको सुचना जम्मा १५ दिने छ। कानुत त २० लाखभन्दा तलको टेण्डरको सुचना अबधि १५ दिनको र २० लाखभन्दा माथि रकमको टेण्डरमा ३० दिनको सुचना प्रकाशन गर्नु पर्ने व्यावस्था छ। तर गोरखा नगरपालिकाले निकालेको करिव ४८ लाखको टेण्डरको सुचना भने जम्मा १५ दिने छ। यो सरासर खरिद ऎनको खिलापमा देखिन्छ।
हेर्नुस् टेण्डर सुचना :

अरु ई-टेण्डर गरियो तर औषधि खरिदमा किन गरिएन ?
नगरपालिकाले यस अघि विकास निर्माणको काममा ई-टेण्डर गरेको देखिन्छ तर नि:शुल्क औषधि खरिदमा भने दुई आर्थिक वर्षनै ई-टेण्डर गरिएन। यसले पनि नगरपालिकाको नि:शुल्क औषधि खरिदको ठेक्कामा अनियमितताको गन्ध आउछ। नगरवासीको स्वास्थ्य जस्तो संबेदनशिल बस्तुको खरिदमा चरम लापरवाही गरेको प्रष्ट बुझिन्छ। नगरपालिकाले हरेक वर्ष ठेक्का मार्फत खरिद गर्दै आएको निशुल्क औषधि खरिदमा कर्मचारीकै मिलिमतोमा ठेक्का सेटिङ्गमार्फत आनियमितता भएको पाइएको छ ।
के गर्दैछन् मेयर पन्त ?
नगरपालिकाको अनियमितता बारे खबरहरु सार्वजनिक भईरहदा मेयर राजनराज पन्तले भने कुनै कारवाहीको प्रकिर्या अगाडी बढाएका छैनन् । नगरपालिका भित्रको अनियमितता बारे खबर सार्वजनिक गरेपछी मेयर पन्त अनियमितता रोक्नुको साटो उल्टै अबैध रुपमा सुचना प्रकाशन गर्ने बिज्ञापन एजेन्सी र पत्रिकासंग नियमित सम्पर्कमा रहेको उनि निकट श्रोतले जानकारी दिएको छ । ‘अब त्यो अनलाइनकोबिरुद्ध पत्रिकाले कानुनि बाटो खोज्ने भएको छ’, मेयरको भनाई उद्रिद्ध गर्दै श्रोतले भन्यो।
हेर्नुस्, टेण्डर हाल्न नगरपालिका जादा कुटिएका पिडित मनोज चौलागाईको भनाई :
कारबाही त अबैध रुपमा सूचना प्रकाशित गर्ने नगरपालिका, एजेन्सी र सम्बन्धित पत्रिकालाई पो होला त मेयरसाप ! यो समाचार हामीले गण्डकीटाईम्सडटकमको सहयोगमा तयार पारिएको हो ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने