काठमाडौं, मङ्सिर २२। बाँकेको कोहलपुर तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ । कोहलपुरबाट पूर्वतर्फ रैनी खोला, उत्तरमा चिसापानी, पश्चिममा किरननाला र दक्षिणमा हबल्दारपुरसम्म कफ्र्यू लगाइएको हो ।
सो क्षेत्रमा प्रदर्शन गर्न प्रशासनले प्रतिबन्ध लगाएपनि विद्यार्थीहरुले प्रदर्शन जारी राखेका छन् । प्रहरी र विद्यार्थीबीच झडप हुँदा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाही सहित ९ प्रहरी र केही विद्यार्थी घाइते भएका छन् ।
घाइतेहरुको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।
स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने