मध्यरातमा त्रिभुवन विमानस्थलमा ८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

  • साझा डबली
  • काठमाडौँ, मङ्सिर १३। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्।

    गएराति (बिहीबार राति) ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ र नाम नखुलेका अर्का एक व्यक्ति सुन सहित पक्राउ परेका हुन्।

    उनीहरु नेपाल एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए। दुबैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology