काठमाडौं, मङ्सिर ८। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागमा एक/दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । आज आइतबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते