काठमाडौं, कार्तिक २८। त्रिभुवन विश्वविद्यालय क्याम्पस परिसर कीर्तिपुरमा अपरिचित व्यक्तिले यौन दुर्व्यवहार गरेको भन्दै केन्द्रीय क्याम्पसका छात्राहरुले प्रहरीमा उजुरी दिएका छन् । उजुरीमा विश्वविद्यालयको तीनकुनेदेखि केन्द्रीय पुस्तकालयसम्म र नेपाल बैंकबाट परीक्षा नियन्त्रण कार्यालय आउने बाटोमा युवाहरुले यौन दुर्व्यवहार गर्ने गरेको उल्लेख छ ।
केटी देख्ने बित्तिकै जिस्क्याउने र हस्तमैथुन गर्ने युवाहरुको समूह बढ्न थालेपछि उजुरी दिएको एक छात्राले बताइन् । उनले केही साथी पटक पटक दुव्र्यवहारमा पवरिसकेकोले समयमै सचेत गराएका हौं । केही महिना अघि परीक्षा नियन्त्रण कार्यालयतर्फ जाने बाटोमा एक प्राध्यापकले नै छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
छात्राहरुले साँझ बिहान हिंड्न अफ्ठ्यारो महसुस हुन थालेको र कुनै अप्रिय घटना नहोस भनेर सम्बन्धित निकायलाई बेलैमा सचेत गराएको बताएका छन् । उनिहरुले सामूहिक हस्ताक्षरसहित प्रहरीमा उजुरी गरेका हुन् ।
-कान्तिपुर दैनिक







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने