काठमाडौं, कार्तिक २४ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा प्रदर्शन गर्दा काठमाडौँबाट नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ।
भृकुटीमण्डपबाट आज साझँ गिरफ्तार पर्नेमा विद्यार्थी नेताहरू प्रेम शाही, शैलेन्द्र गौडेल, सुरज सेजुवाल, पंकज सुवेदी, लक्ष्मी सिलवाल, अशोक बिष्ट, अनुराग साह, बलराम ढकाल, शिखर खड्का, मनोज बास्तोला,सुमन बुढा मगर ,सुनिल शर्मा लगायत छन।
मशाल जुलुस निकाल्ने क्रममा सरकारले दमन गरि लाठीचार्ज गर्दा नेबिसंघका निबर्तमान उपाध्यक्ष सागर परियार, प्रबिण जग कार्की , जेम्स राइ, नवीन केडि लगाएत अन्य घाइते भएका छन । प्रहरीले उनिहरुलाई गिरफ्तार गरि महेन्द्र पुलिस क्लबमा राखेकोमा छ ।
गिरफ्तार परेका पकंज सुबेदी क्षेत्री र लक्ष्मी सिल्वाल पनि सख्त घाइते छन । घाईते भएका बिद्याथी नेतहरुलाई गिरफ्तार पछि पनि प्रहरी बिटमा लगेर लछार पछार तथा कुटपिट गरिएको छ । प्रहरी पक्राउ गरेर चौकीमा लगेर पनि निर्घात कुटपिट सहित दमन गरेको पक्राउ परेका बिद्यार्थी नेताले साझा डबलीलाई जानकारी दिए ।
नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले एक विज्ञप्ति मार्फत बिनासर्त विद्यार्थी नेताहरुको रिहाईको माग गरेका छन।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते