अनसनरत डा. केसीको समर्थनमा सरकारी सवारी साधन नचलाइने

  • साझा डबली
  • डडेल्धुरा, कार्तिक २४। अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी नम्बर प्लेटका सवारी साधन बन्द गरिने भएको छ।

    बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल समेत बन्द गरिने नागरिक समाजले जनाएको छ।

    डडेल्धुरामा पछिल्लो समय अनसनरत डा केसीको समर्थन तथा जीवन रक्षाका लागि दिनदिनै समर्थनका विभिन्न कार्यक्रमहरू भइरहेका छन्।

    अस्पतालमा अनसन नबस्ने अडान राखेका केसीलाई नागरिक समाज डडेल्धुराको दबाबपछि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ। यसअघि केसी एक क्लिनिक रहेको घरमा अनसनमा बस्नु भएको थियो ।

    केसीले सात बुँदे मागसहित कात्तिक १८ गते अनशन सुरु गर्नुभएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology