काठमाडौं, कार्तिक २१। पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैचामा एक व्यक्तिले आफ्नै बुहारीलाई बोक्सि भन्दै फलाम तताएर डाम्न खोजेपछि बुहारी माईतीको शरणमा पुगेकि छिन् ।
हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा स्थितको माइत घर भएकी पुजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको वताउनुभएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसंग मिलेर निर्घात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेको पिडित पुजाले वताउनुभयो । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाउनुभयो ।
पुजा भागेर अहिले माइतीको शरणमा पुग्नु भएको छ । गएको भदौ ३१ गते राती कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्धात कुटपिटसमेत गरेको पुजाको भनाई छ । सोही रात आफूमाथी भएको अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उहाँको भनाइ छ । यद्यपी प्रहरीले वेवास्ता गरेको पुजाले गुनासो गर्नुभयो ।
प्रहरीले निकै समयपछि जाहेरी विना कारबाही गर्न नमिल्ने भनेपछि गएको असोज २७ मा जाहेरी गरेपनि प्रहरीले पीडकलाई अझै पक्राउ नगरेको पिडित पुजाको दुखेसो छ । घटना घटाएपछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले वताउनुभयो । कान्तप्रसादले धामीको काम गर्ने गरेका वताइएको छ ।
कान्तप्रसादले मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो भन्दै ससुराले यातना दिएको पिडित पुजाको भनाई छ । सासुलेपनि बोक्सै भन्दै मानसिक यातना दिने गरेको उहाँले सुनाउनुभयो । बाबु आमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसाद गिरीबाट पनि आफू अपहेलित भएको पुजाको भनाई रहेको छ । फरार आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।






उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते