काठमाडौं, कार्तिक १९। चाँगुनारायण नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई कार्तिक २२ गते शुक्रबार सार्वजनिक बिदा दिइने नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भने, ‘विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायण भएको र हरिबोधनी एकादशीमा चाँगुनारायणको महत्व बढि रहेकाले बिदा दिने निर्णय गरेका हौं ।’
नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो । सोही बिदालाई यो वर्ष पनि निरन्तरता दिएको थियो । हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते