पोखरा कात्तिक १८ । कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि विवेकशील नेपाली दलको तर्फबाट उम्मेदवार घोषणा गर्ने भएको छ । विवेकशील नेपाली दल सङ्घीय समितिको कार्तिक १८ र १९ गते पोखरामा हुने बैठकले उप निर्वाचनका लागी उमेद्वार घोषणा गर्ने भएको हो ।
कार्तिक १९ गते चिप्लेढुङ्गा, पोखरामा रहेको चिनारी थकाली भान्छा घरमा उम्मेदवार घोषणाको औपचारिक कार्यक्रम गरी उम्मेदवारको नाम सार्वजनिक गरिने विवेकशील नेपाली दलका नीति सचिव सन्जिव भट्टराईले जानकारी दिए ।
सु–संस्कृत वैकल्पिक राजनीतिको सूत्रधार विवेकशील नेपाली दलले राष्ट्रिय राजनीतिमा वैकल्पिक अभ्यास स्थापित गर्ने रणनीतिक लक्ष्य सहित “सामान्य मानिसको असामान्य राजनीति” को नजिर बस्ने गरी उप निर्वाचनमा होमिने निर्णय गरेको विवेकशील नेपाली दलले जनाएको छ ।
गत फागुन १५ गते पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो । उनको निधनपछि रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते