काठमाडौं, कार्तिक ८। मंसिर १४ गते हुने उप–निर्वाचनको मिति नजिकिएसँगै पाँचथरको राजनीति निकै गर्माएको छ । दलहरुले एक पछि अर्को गर्दै उम्मेद्वारको टुंगो लगाईरहेका छन् ।
पाँचथरमा एक गाँउपालिका अध्यक्ष र दुई वडाध्यक्षका लागि चुनाब हुने भएको छ । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वाडाध्यक्षका लागि चुनाब हुने भएको हो । पालिका अध्यक्षको चुनाब हुने भएपछि वडा अध्यक्षको चुनाव हुने फिदिम १ र हिलिहाङको ७ को भन्दा फाल्गुनन्दको राजनीति निकै तातेका हो ।
यसअघिको निर्वाचनमा फाल्गुनन्द गाँउपालिको अध्यक्ष सहित अधिकांश वडामा काँग्रेसले जिते हात पारेको थियो । पालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएपछि यहाँ उप–निर्वाचन हुने भएको हो । उक्त स्थानमा नेपाली काँग्रेसले जिल्ला सचिव बृजहाङ आङ्देम्बेलाई अध्यक्षको उम्मेद्वार बनाएको छ । सालिन व्यत्तित्वको पहिचान बनाएका आङ्देम्बेलाई काँग्रेसले उम्मेद्वार बनाएपछि उनको व्यत्तित्व र राजनीतिक इतिहाँसको बारेमा चर्चा हुन थालेको छ ।
को हुन् त आङ्देम्बे ?
नेपाली काँग्रेसेको जिल्ला सचिवको जिम्मेवारी सम्हालीरहेका बृजहाङ आङ्देम्बेको जन्म २०२९ सालमा भएको हो । पाँचथरको फाल्गुनन्द गाँउपालिका ७ पिपलबोटेमा परिवारको माहिलो छोराको रुपमा जन्मिएका आङ्देम्बे विद्यार्थीकालदेखि नै काँग्रेसको राजनीतिमा सक्रिय थिए । आङसराङको जयनारायण माविबाट एसएलसी उत्तिर्ण गरेका आङ्देम्बेले दमक क्याम्पसबाट राजनीति शास्त्र बिषयमा आइए सम्माको अध्ययन गरेका छन् । २०५१ सालमा उनी नेपाल विद्यार्थी संघबाट दमक–पाँचथर सम्पर्क समितिको संयोजक भएर काम गरे ।
५०५१ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्य बनेका आङ्देम्बेले नेविसंघ र तरुणदल पाँचथरको उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् । काँग्रेसको १२ अाैँ अधिबेशनदेखि उनी पार्टीकाे जिल्ला राजनीतिमा उदाएका हुन् । १२ अाैँ अधिबेशनबाट जिल्ला सदस्यमा निर्वाचित बनेका आङ्देम्बेलाई मनोनित गरेर सह–सचिव बनाईएको थियो । १३ अाैँ अधिबेशनमा पनि जिल्ला सदस्य निर्वाचित बनेका आङ्देम्बेलाई सचिवमा मनोनित गरिएको हो ।
हाल सचिवको जिम्मेवारी सम्हालिरहेका आङ्देम्बे पार्टीभित्र संगठन निर्माणमा बफादार भएर लागि पर्ने नेताको रुपमा चिनिएको काँग्रेस सभापति नरेन्द्रकुमार केरुङ बताउँछन् । नरम र मिलनसार स्वभावका आङ्देम्बे कार्यकर्ता र आम जनताबीच लोकप्रिय रहेको बताइएकाे छ । पार्टीभित्र कार्यसम्पादन र निर्णय क्षमतामा अब्बल देखिएका आङ्देम्बेलाई काँग्रेसले फाल्गुनन्दको अध्यक्षको उम्मेद्वार बनाएको हो । फाल्गुनन्दका जनताको प्रिय नेता भएकै कारण उनलाई अध्यक्षको उम्मेद्वार बनाइएको काँग्रेसकाे तर्क छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते