काठमाडाैं, असोज २१। बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् ।
दशँैमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि बौद्धधर्मावलम्बीले मौन ब्रत बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामा बताउँछन् । जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ । ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् । दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ ।
पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास रहेको १० वर्षीय सबुत तामाङको भनाइ छ ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने