काठमाडौं, असोज १८। अहिले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी मात्रै परेको हो । महिलाले पटक–पटक आफ्नो बयान फेर्दै आएकाले अहिले प्रहरीले उनको जाहेरीमाथि नै सुरुमा छानबिन गरिरहेको प्रहरी स्रोत बताउँछ । त्यसपछि प्रहरीले कुसुर भएको पर्याप्त आधार पाएको खण्डमा महरालाई पक्राउ गर्न आवश्यक प्रक्रिया थाल्छ ।
जसका लागि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएर पक्राउका लागि अनुमति लिनसक्छ । गम्भीर प्रकृतिको मुद्दा रहेको अवस्थामा तथा दोषी भाग्ने अवस्था रहेको खण्डमा भने विशेष पक्राउ पुर्जी जारी गरेर पनि प्रहरीले पक्राउ गर्न सक्छ । र, पछि त्यसलाई अदालतबाट सदर गराउन सक्छ ।
गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने आफ्नो बोलीको खण्डनन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका छन् ।
बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ ।






असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने