दशैमा खसी-बोका किन्दै हुनुहुन्छ ? कसरी चिन्‍ने स्वस्थ खसी-बोका ?

  • साझा डबली
  • काठमाडौं, असोज १३। शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ।

    अभियान आइतबारदेखि सुरु भएको छ ।

    खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

    सतुंगल र चोभारमा राँगाकोसमेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। विभागकी उपमहानिर्देशक डा सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन्।

    प्रत्येक टोलीमा एक वरिष्ठ पशु चिकित्सक र चार जना सहायक पशु चिकित्सक गरी पाँचजना खटाइएको छ।

    काफ्लेका अनुसार पशु चिकित्सकले दसैंमा उपभोग गर्न ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिएकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology