मनसुन अझै सक्रिय : आज दिनभरि कस्तो रहला मौसम ?

  • साझा डबली
  • काठमाडौँ, असोज ५ । मौसममा केही सुधार आएको भए पनि अझै पूर्ण रुपमा भने सफा भएको छैन । बिहानै देखि राजधानीकोको आकाशमा बादल लागेको छ।

    आज देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

    मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

    यसैगरी राति देशभरि सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology