मनसुन फेरि सक्रिय हुँदै,वर्षाको सम्भावना उच्च

  • साझा डबली
  • काठमाडौँ, असोज ४ ।  एक/दुई दिनयता केही कमजोर बनेको मनसुन(पानी पार्ने प्रणाली) आज (शनिबार) देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले रातिबाट अझ बढ्ने सम्भावना रहेको बताए।

    ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ।’

    उनका अनुसार अहिले मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्णसम्म तथा देशका अन्य भागमा आंशिकदेखि सामान्यसम्म बदली छ।

    ‘दिउँसो पानी पर्ने चान्स कमै छ तैपनि एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘राति भने मध्य र पूर्वका केही तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।’

    – नेपालखबर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology