राजधानीमै दुई बालिकामाथि बसभित्रै बलात्कार

  • साझा डबली
  • काठमाडाैं, भदाै ३० । राजधानी काठमाडौंको मनमैजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको खुलेको छ ।

    तारकेश्वर नगरपालिका–१० मनमैजु चोकमा घाइते अवस्थामा बालिका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो ।

    प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी थिइन् । महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले ११ वर्षीय बालिकाको उद्दार गरेर अस्पताल भर्ना गरेको थियो ।

    अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आयो । प्रहरीले बालिकासँगको सोधपुछका क्रममा बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको खुलेको हो ।

    प्रहरीले बालिकामाथि बलात्कारको अभियोगमा बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार पक्राउ गरेको छ । प्रहरीका अनुसार एल्जितले ११ वर्षीया बालिकामाथि बलात्कार गरेको मेडिकल परीक्षणबाट पुष्टि भइसकेको छ ।

    उनले ११ वर्षीया बालिकाकी साथी अर्की १० वर्षीया बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology