काठमाडौं, भदौ २१ । श्रीलंकाले न्युजिल्याण्डविरुद्धको तीन दिवसीय टी–२० सिरिज २–१ ले हार्दा लासिथ मालिंगाले भने विश्व रेकर्ड कायम गरेका छन् । पल्लेकेले अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार भएको खेल मालिंगाको उत्कृष्ट प्रदर्शनका कारण श्रीलंकाले ३७ रनले जित्यो ।
घरेलु मैदानमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६ ओभरमा ८८ रनमा समेटियो । न्युजिल्याण्डलाई धरासायी बनाउन मालिंगाको योगदान रह्यो । उनले लगातार चार बलमा चार विकेट लिएर न्युजिल्याण्डलाई हारको बाटो देखाइदिए । यो ओभरमा मालिंगाले चार ओभरमा केबल ६ रन दिएर पाँच विकेट झारे । यो उनको टी–२०मा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । अन्तर्राष्ट्रिय क्रिकेटमा समग्रमा यो १०० औं ह्याट्रिक हो ।
मालिंगाले तेस्रो ओभरको तेस्रो बलमा कोलिन मुनरोलाई १२ रनमा आउट गरेर पहिलो झट्का दिए । त्यसपछि मालिंगाले चौथो बलमा हेमिश रदरफोर्ड र त्यसपछि कोलिन डी ग्राण्डहोमलाई आफ्नो शिकार बनाएर ह्याट्रिक पूरा गरे । मालिंगाले ओभरको अन्तिम बलमा रोस टेलरलाई आउट गरेर लगातार चार बलमा चार विकेट लिए । यो अवस्थामा किवी टिमको स्कोर चार विकेटको क्षतिमा १५ रन रह्यो ।
मालिंगा टी–२०मा डबल ह्याट्रिक गर्ने पहिलो बलर बने । टी–२० को इतिहासमा मालिंगाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले बंगलादेशविरुद्ध सन् २०१६–१७ मा आफ्नो पहिलो ह्याट्रिक गरेका थिए । यतिमात्र होइन, सन् २००७ मा वनडे वर्ल्डकपमा पनि उनले दक्षिण अफ्रिकाविरुद्ध ४ बलमा चार विकेट लिएका थिए ।
मालिंगा टेस्ट, वनडे र टी–२० मा एकसय भन्दा बढी विकेट लिने विश्वकै पहिलो बलर बनेका छन् । उनी टी–२० मा एक सय विकेट लिने पहिलो बलर हुन् ।
कुनै पनि बलरले यस्तो खेल प्रदर्शन गर्न सकेका छैनन् । मालिंगाको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ह्याट्रिक हो ।
मालिंगाले टेस्टमा १ सय १ र वनडेमा ३३८ विकेट लिएका छन् । यसअघि सबैभन्दा धेरै ह्याट्रिक लिने रेकर्ड पाकिस्तानका वसिम अकरमको नाममा थियो ।







असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने