काठमाडौंसहित केही स्थानमा वर्षा,२४ घण्टे चेतावनी जारी

  • साझा डबली
  • काठमांडौ,भदौ २०। अहिले (शुक्रबार बिहान) देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज देशका धेरै स्थानमा चट्याङसहित पानी पर्ने तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले पहाडी भूभागमा पहिरो जानसक्ने, हवाई तथा तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदीमा पानिको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

    महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंमा रातिदेखि नै वर्षा भइरहेको छ। बितेको १८ घण्टामा उपत्यकामा १३.५ मिलिमिटर वर्षा भएको छ । ‘अझै यो वर्षा ३ घण्टाजति जारी रहने सम्भावना छ,’उनले भनिन्, ‘त्यसपछि खुल्ने सम्भावना छ।’

    तर साँझपख पुनः वर्षा हुने सम्भावना रहेकाे माैसमविद् पाेखरेलले बताइन्। ‘न्यून चापीय रेखा औसत स्थान (भारत) मै छ,’ उनले भनिन्, ‘तर त्यो एकदमै सक्रिय भएका कारण त्यसको प्रभाव नेपालमा पनि परेर वर्षा भएको हो।’ नेपालखबर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology