राजधानीका अस्पतालमै मिर्गौलाको धन्दा

  • साझा डबली
  • काठमाडौं, भदौ १८। निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ।

    ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन)को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छन्।

    उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन्। श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ। यसरी मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयम् चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने स्रोतहरुले जनाएका छन्।

    योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर, मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो। नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology