पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

  • साझा डबली
  • काठमाडौं, भदौ १८। प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ। लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ।

    उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहिचान भएको दाबी गरेको छ। फ्रान्सका लागि पूर्व राजदूत झाको हत्यामा सानुकान्छाको संलग्नता रहेको पुष्टी भएको घटनाको अनुसन्धान गरिरहेको महाशाखाका एक अधिकारीले जानकारी दिए।

    हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology