गोरखा,भदौ १२। नेपाली कांग्रेस शहिद लखन गाउँपालिका वाड नं. ९ ले एक बिज्ञप्ती जारि गर्दै पार्टीविरुद्ध अफवाह नफैलाउन सबैमा आग्रह गरेको छ । वडा सभापति मान बहादुर खड्काले सोमवार एक बिज्ञप्ती जारि गर्दै कांग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्ने प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यनाकर्षण भएको भन्दै गलत प्रचार नगर्न चेतावनी दिएका हुन् ।
गत शनिवार उक्त वडामा नेकपाले एक कार्यक्रम गरि सयौको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता पार्टी प्रबेश गराएको जनाएको थियो । उक्त बिज्ञप्तीमा सयौको संख्यामा नेपाली कांग्रेस र समाजवादी पार्टी छाडी नेकपामा प्रवेश गरेको भन्ने प्रचारप्रति कांग्रेसको गम्भीर ध्यनाकर्षण भएको जनाउदै कांग्रेसको कार्यकर्ता भन्दै नेकपाले आफ्नै पार्टीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएको पुष्टि भएको उल्लेख छ । बिज्ञप्ती भनिएको छ, ‘यस्तो अफवाहबाट नेपाली कांग्रेसका नेता कार्यकर्तामा भ्रम सिर्जना हुन पुगेकाले त्यस्तो भ्रममा नपर्न नेपाली कांग्रेस गाउँपार्टी सबैमा आग्रह गर्दछ ।’
बिज्ञप्तीमा उक्त कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नं. ९ का नेपाली कांग्रेसका साधारण सदस्य जिव प्रसाद लामिछाने र तुलमाया नेपाली मात्र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको उल्लेख छ । ‘आफ्नै पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराएर नेपाली कांग्रेस र समाजवादी पार्टीका भनी ब्यक्तिगत दाउपेजका लागि स्थानिय नेकपाका केहि नेता कार्यकर्ताले अफवाह फैलाएकोप्रति हाम्रो पार्टी नेपाली कांग्रेस घोर भत्सना गर्दछ’, वडा सभापति खड्काद्वारा हस्ताक्षरित बिज्ञप्ती भनिएको छ ।
हेर्नुस बिज्ञप्ती :








पूर्वमन्त्री खड्काले कब्जा गरेको स्काउटको जग्गामा महानगरले चलायो डोजर
नेकपा सुदुरपश्चिमद्वारा `सी व्यापार केन्द्र´लाई धान हस्तान्तरण
असल र आदर्श कम्युनिस्ट पार्टी बनाउन चाहान्छौं: विप्लव
उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ