काठमाडौं, भदौ १२। नेपाली चलचित्र गुञ्जनको शुभमुर्हत भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्र गुञ्जनको मंगलबार शुभमुर्हत भएको हो । चलचित्रको छायंकन पोखरामा सुरु भएको छ । उक्त चलचित्रको ९० प्रतिशत छायंकन पोखरामा हुने र बाँकी काठमाडँैंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ ।
ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गर्ने भएका छन । चर्चित द्धन्द्ध निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जन देखि निर्देशनमा डेब्यु गर्न लागेका हुन ।

प्रेम कथामा आधारित रहेको चलचित्र गुञ्जनलाई सुनिता शाहीले निर्माण गरेकी हुन भने हिरा कृष्ण शाहीले प्रस्तुत गरेका हुन् । उक्त चलचित्रलाई चर्चित छायाँकार राजेश श्रेष्ठले छायंकन गर्नेछन् ।
महेश दवाडिको कथा , पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफि , अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त चलचित्रको गितमा आवाज दिएका छन् ।
चलचित्रमा सरोज खनाल , हिउवाला गौतम, सारा सिरपाली , प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले चलचित्र गुञ्जन बाट डेब्यु गर्न लागेका हुन् ।
रिलिज मिति तय नभएता पनि निर्माण युनिटले चलचित्रलाई फागुनमा प्रदर्शन गर्न लागेको खबर छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते