काठमाडौं, भदौ १२। भारत प्रशासित जम्मू कश्मीरको विशेषाधिकार भारतले खारेज गरिदिएपछि भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको छ। आणविक हतियार सम्पन्न दुई मुलुकबीच बढ्दो तनावले दक्षिण एसिया नै खतराको जोखिममा छ।
यहीबीचमा एकजना पाकिस्तानी मन्त्रीले उत्तेजक भनाई राखेका छन्। पाकिस्तानी मन्त्री शेख रसिदले भारत र पाकिस्तानबीच युद्धको सम्भावित मिति तोकेका छन्। लण्डनमा रहेका मन्त्री रसिदले बेलायतमा रहेका पाकिस्तानीहरुलाई सम्बोधन गर्दै भने, ‘मलाई लाग्छ भारत र पाकिस्तानबीच आगामी नोभेम्बर सेप्टेम्बरमा युद्ध हुन सक्छ । तर, युद्ध हुनुपर्छ भन्ने छैन । पाकिस्तानी सेनासँग रहेको हतियार प्रयोग गर्नका लागि हो ।
यदि भारत र पाकिस्तानबीच युद्ध भयो भने पूरा विश्वकै नक्सा बदलिनसक्छ ।’ यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि देशवासीका नाममा सम्बोधन गर्दै भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको बताएका थिए।
उनले सँयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समूदायले भारतले जम्मू कश्मीरबारे गरेको निर्णयमा हस्तक्षेप गर्नुपर्ने बताएका थिए । उनले जम्मू कश्मीरका लागि पाकिस्तान अन्तिम अवस्थासम्म पनि लड्ने बताएका थिए। जम्मू कश्मीरकै विषयलाई लिएर हालसम्म भारत र पाकिस्तानबीच ४ पटक युद्ध भइसकेको छ भने सीमा क्षेत्रमा सँधै तनाव छ।
BIG BREAKING: Pakistan Railways Minister Sheikh Rashid predicts #Pakistan– #India war in #October #November, While addressing media in #Rawalpindi, he said that decisive time for Kashmir’s struggle has come. “This is going to be the last war between both countries.” pic.twitter.com/oFgDoe3jVo
— Ghulam Abbas Shah (@ghulamabbasshah) August 28, 2019







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते