चितवन साउन ३१ । प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै चौबिसकोठीमा चक्का जाम गर्न खोज्दा पाचँ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकहरुले नाराबाजी सहित प्रर्दशन गरिरहेका छन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।
बिहिबार लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन लागेको थियो । उनिहरुलाई प्रहरी हिरासतमा राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।
आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरीको भनाई छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।