कैलाली,साउन २४ । नक्कली नोट र त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले शुक्रबार बिहान सार्वजनिक गरेको हो ।
नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् । त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
उनीहरुलाई फरक फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
उनीहरुकाे साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नाेट प्रहरीले बरामद गरेकाे छ ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते