राजधानीबाटै पक्राउ परे केन्द्रीय सदस्य सहित तीन जना विप्लवका नेता

  • साझा डबली
  • काठमाडौँ, साउन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई पक्राउ गरेको हो ।

    काठमाडौंको बत्तीसपुतलीमा पार्टीको रणनीति बनाउने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ ।

    विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि सयौँ नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology